२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस रुकुम पूर्व : सभापतिमा रोका निर्वाचित

आइतवार , आश्विन १७, २०७८

रुकुम पूर्व, असोज । नेपाली कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट रोका सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । रोका यसअघि पनि जिल्ला सभापति  थिए ।  सहमति अनुसार रोकालाई पुनः सभापतिमा चयन गरिएको नेपाली कांग्रेस रुकुम पूर्वले जनाएको छ ।

रोका पूर्वसहायक मन्त्री भइसक्नुभएको छ । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाममगरलाई चयन गरिएको छ । खड्का निवर्तमान सचिव हुनुहुन्छ भने खाममगर निवर्तमान उपसभापति थिए । जिल्ला कार्यसमितिको सचिवममा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरिएको छ ।

धनप्रताव बुढामगर र खडकबहादुर घर्ती सहसचिवममा निर्वाचित हुनुभएको छ । जिल्ला कार्यसमितिको सदस्यमा सङ्गिता बुढामगर, बालकुमारी खड्का (घर्ती), रमुना विक, भरत घर्तीमगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कुँवर, मेखमाला बुढा, बसन्तकुमार बुढा, रामबहादुर नेपाली रहनुभएको छ । जम्मा १७ सदस्यीय जिल्ला कार्यसमित गठन भएको छ ।

सहमतिबाट जिल्ला कार्यसमिति चयन गरिएको छ । अव केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने तयारी भइरहेको बताइएको छ । जिल्ला अधिवेशनबाटै २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिने निर्वाचन अधिकृत ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार