२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'पार्टीलाई विधिसम्मत रूपमा अगाडि बढाउनुपर्छ' : नेता सिंह 

आइतवार , आश्विन १७, २०७८

काठमाडौँ, असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको अधिवेशनको उद्घघाटन गर्दै उनले पार्टीलाई विधिसम्मत रूपमा अगाडि बढाएर जीवन्त राख्नका लागि आगामी महाधिवेशन सहयोगी सिद्ध हुने बताए ।

आगामी महाधिवेशनबाट पार्टीलाई शुद्धिकरण र सुढृढ गरिने उनले भने । पार्टीका पूर्वमहामन्त्री सिंहले गणेशमान सिंहले गरेको त्याग प्रकाशमान सिंहले गर्नुपर्छ भन्ने नरहेको भन्दै आफू पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गरे । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता भएकाले उहाँहरूले पार्टीमा अभिभावकत्व गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अगाडि बढ्नुपर्ने बताए । पार्टीलाई भरोसायोग्य बनाएर सबै कम्युनिष्ट एक भए पनि लड्न सक्ने गरी सङ्गठन निर्माणमा हामी लाग्नुपर्छ , उनले बताए ।

नेता थापाले थोरै समयमा कांग्रेसलाई शुद्ध र सुढृढ बनाउन लाग्नुपर्ने बताउँदै नेपाली जनताले भरोसायोग्य पार्टीका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले कांग्रेस काठमाडौँको महाधिवेशनलाई देशभरले चासोका साथ हेरेको भन्दै सक्षम नेतृत्व ल्याउनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीलगायतले अधिवेशनको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार