२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस जुम्ला प्रदेश ‘क’ र ‘ख : बोहोरा र बुढा विजयी

आइतवार , आश्विन १७, २०७८

कर्णाली, असोज । नेपाली कांग्रेस जुम्ला प्रदेश क र ख को क्षेत्रीय कार्यसमिति र प्रदेश क्षेत्रीय प्रतिनिधिको निर्वाचनसम्पन्न भएको छ । सो पार्टीको १४औँ महाधिवेश अन्तर्गत शनिबार क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो ।

निर्वाचनमा प्रदेश कका सभापति लक्षिमन बोहोराले कूल खसेको मत ४९८ मा २४९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नारायण (विष्णु) शाहीले २३१ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपसभापतिद्वय रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै प्रदेश ख को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी हुनुभएको छ । उहाँले कूल खसेको ४९० मतमा २४२ मत प्राप्त गर्नुभएको सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापतिद्वय दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार