२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अध्यक्ष दाहालको आग्रह : ‘जनयुद्धका सहयात्री सहकार्यमा आउनुस्’ 

शुक्रवार , आश्विन १५, २०७८

काठमाडौँ, असोज । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकलाई आग्रह गरका छन । आफूले तत्कालीन नेकपा (एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उनले त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताए ।

जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह सपनाको पाण्डुलिपीको विमोचन गर्दै उनले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनयुद्धका सहकर्मीलाई ठण्डा दिमागले एक अर्काको ज्ञानलाई माझ्न र साझा सहकार्यका लागिसमेत आग्रह गरे । माओवादी आन्दोलनमा सहभागी सबै नेता तथा कार्यकर्ताहरू एक आपसमा मिलेर जाने प्रयास भइरहेको भन्दै उनले त्यसका लागि सकारात्मक वातावरण बनाउनसमेत सबैलाई अनुरोध गरे ।

आफूलाई सत्तारुढ गठबन्धनका नेताले केपी ओलीसँग एकता गरेर के पाउनुभयो भनेर पटकपटक प्रश्न गर्ने गरेको स्मरण गर्दै उनले भने ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेको छु । फूहरूले जनयुद्धको क्रममा क्रान्ति छल्छु भनेर कहिल्यै नसोचेको तर दुश्मनले अवरोध गरेको बाटो छल्दै जाँदा अहिलेको स्थानमा आइपुगेको बताउँदै अध्यक्ष दाहालले भने, यसमा मेरो इमान्दार प्रयास थियो । कुनै गलत नियत राखिएको थिएन किनकी मैले क्रान्ति छाडेको छैन । नियत गलत राखेको छैन ।

वामपन्थी तथा माओवादी घटक मिलेर जनतालाई परिचालन गर्ने हो भने गलत निर्वाचन प्रणाली र शासकीय प्रणाली परिवर्तन गर्न सकिने उहाँको भनाइ छ । अध्यक्ष दाहालले पछिल्लो पटक प्रतिनिधिसभाको विघटन पछि लाखौं जनताको साथमा गरिएको शान्तिपूर्ण सडक प्रदर्शनले पनि सही नीति तथा कार्यक्रम भयो भने जनताले साथ दिन्छन् भन्ने स्पष्ट भएको समेत उल्लेख गरे । माओवादी आन्दोलनलाई भ्रष्टीकरण गर्ने र त्यसको बलमा स्थापित भएको धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व उल्ट्याउने ध्येयका साथ प्रतिनिधिसभाको विघटन गरिएको बताएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार