२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

अर्थाेपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग 

बिहिवार , आश्विन १४, २०७८

काठमाडौँ, असोज । ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी नेपालले काठमाडौँको जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग स्वरुप प्रदान गरेको छ । सो सोसाइटीका अध्यक्ष प्रा डा राजीवकुमार झाले उक्त अस्पतालका मेडिकल निर्देशक डा युवराज खरेललाई आज ती सामग्री उपलब्ध गराउनुभएको हो ।

प्रदान गरिएका सामग्रीमा तीन वटा अक्सिजन कन्सन्ट्रेटर, स्यानिटाइजर उत्पादन गर्ने र डिस्इन्फेक्सन गर्ने मेसिनलगायतका स्वास्थ्य सामग्रीहरु रहेका छन् । सो सोइसाइटीका अध्यक्ष एवम् चीनको सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक डा झाले नेपालमा कोरोना भाइरसको प्रकोप बढेपछि उक्त सोसाइटीले नेपालका विभिन्न संघ संस्था एवम् अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै गैरनाफामूलक संस्थाका रुपमा सेवा गर्दै आएको यस अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन ।

मेडिकल निर्देशक डा खरेल र उपनिर्देशक डा कैलाश भण्डारीले सो सोसाइटीलाई धन्यवाद ज्ञापन गर्दै नेपालमा कोरोना भाइरसको प्रकोप नहटिसकेको अवस्थामा उक्त सोसाइटीमार्फत् प्राप्त यी महत्वपूर्ण स्वास्थ्य सामग्री यस अस्पतालका लागि अमूल्य सहयोग हो भने । विसं २०५५ मा गैरनाफामूलक संस्थाकारुपमा स्थापना भएको यस अस्पताल अहिले एक च्यारिटेबल संस्थाका रुपमा सञ्चालनमा छ ।

एक सय श्यया रहेको यस अस्पतालमा विशेषगरी हाडजोर्नीका विरामीहरुको उपचार हुने गरेको छ । यस अस्पतालले हाडजोर्नीसम्बन्धी प्रायः सबै खालको उपचार सेवा प्रदान गर्दै आएको छ । डा भण्डारीले नेपालमा हाडजोर्नीको समस्या भएका गरिब तथा असहाय नागरिकहरुलाई च्यारिटीमार्फत् सहयोग उपलब्ध गराउन एक सहायता कोषको स्थापना गर्न सकिएमा धेरैलाई सहायता पुग्ने धारणा राखे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार