२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : 'एक हजार ७८ जनामा कोरोना सङ्क्रमण'

बिहिवार , आश्विन १४, २०७८

काठमाडौँ, असोज । देशभर पछिल्लो २४ घण्टामा एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ७६५ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १६८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमण दर १८.९ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । पछिल्लो २४ घण्टामा ९११ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ६५ हजार ७५८ पुगेको छ ।

नेपालमा कोरोनाबाट निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ ।

अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १३५ जनाको निधन भइसकेको छ । हाल देशभर ३५३ सङ्क्रमित सघन उपचार कक्ष (आइसीयु)मा, ११७ भेन्टिलेटरमा, १६ हजार ८०२ होम आइसोलेसनमा, एक हजार ३६६ संस्थागत आइसोलेसनमा तथा २३८ सङ्क्रमित क्वारेन्टिनमा छन् ।

आज दुई लाख ८९ हजार ३८१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७४ लाख ५६ हजार ३८४ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण मात्रा लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार