२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस महाधिवेशन 

झापा एककोहो¥याए सिटौलाले : '१५ पालिका एकलौटी परिणाम' 

मंगलवार , आश्विन १२, २०७८


बिर्तामोड, असाज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापाका ४ पालिकामा सर्वसम्मत र  ११  मा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । शनिवार भएको पालिकास्तरको निर्वाचनमा पूर्व महामन्त्री कृष्ण सिटौला पक्ष हावी भएको छ ।  कुल १५ पालिका रहेको झापामा सबै तहमा एकलौटी परिणाम आएको छ । 
कचनकवलमा तुलाराम अधिकारी, हल्दिबारीमा गंगा प्रसाईं, झापामा सागीरथ गणेश, बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ   । 
निकै प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रियाबाट बिर्तामोड नगरपालिकामा भोजराज सिटौला नेतृत्वको प्यानललै निर्वाचित भएको छ ।  
यसैगरी, अर्जुनधारा नगरपालिकामा हेमराज खरेल निर्वाचित हुनुभएको छ । अर्जुनधाराका बाँकी पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । बाह्रदशी गाउँपालिकामा  इन्द्र बस्नेत नेतृत्वको टिम बिजयी भएको छ ।   
बस्नेतले आफ्ना निकटतम् प्रतिष्पर्धी टंक साहलाई पछि पारे  । दमक नगरपालिकामा सभापति पदमा प्रकाश प्रसाई निर्वाचित भएका छन । मत बराबरी भएपछि गोलाप्रथाबाट निर्णय गरिएको मतदान अधिकृत कुमार खतिवडाले जानकारी दिए ।  गोलाप्रथावाट बुद्धिराज न्यौपाने बिजयी हुनुभएको छ ।  
त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा सभापतिका लागि आग्नुप्रसाद राजवंशी  निर्वाचित  भएका छन ।  गौरादह नगरपालिकामा सभापति पदमा यादव सेढाई निर्वाचित भए  ।  मेचीनगरको सभापति पदमा सुदय पनेरु निर्वाचित  भएका छन ।   पनेरुले   नवीन बराललाई पराजित गरे ।  भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल निर्वाचित भए ।  यता  शिवसताक्षी नगरपालिकामा  अशोक बस्नेत निर्वाचित भएका छन ।  
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला मात्रै नभएर हालका कांग्रेसका पार्टी प्रवक्ता तथा महामन्त्रीका उम्मेद्धार विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री समेत रहेका १३ औ महाधिवेशनका केन्द्रिय सभापतिकै उम्मेद्धार कृष्णप्रसाद सिटौला समेतको गृह क्षेत्र भएकाले कांग्रेसको झापाको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । 
झापामा यो पटक भएको निर्बाचन परिणाम ऐतिहासिक भएको भन्दै सिटौला पक्ष उत्साहित भएको छ । सबै पालिकाको परिणाम एकलौटी आएको र १५ पालिकामा एक दुईले भने  ‘म शेखरको पनि हो’ भन्ने गरेका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार