२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमाले बैठक

एमाले बैठक : 'एकीकृत कम्युनिष्ट पार्टीको अवधारणा अघि बढाउने '

सोमवार , आश्विन ११, २०७८

काठमाडौं, असाेज । नेकपा एमालेले पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान सम्बन्धि प्रतिवेदनमा पार्टी भित्र फरक मत नरहेको पनि जनाएको छ ।

सोमबार केन्द्रीय कमिटिको बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, अहिले विशेष गरीकन अहिलेको परिस्थितिलाई हेर्ने दृष्टिकोणको बारेमा यसमा हामीमा कुनै दुविधा छैन ।

नवौं राष्ट्रिय महाधिवेशनले नै प्रष्ट के भनेको छ भने नेपाली समाज चाँही एउटा पूँजीवाद समाजमा रुपान्तरण गयो भन्ने नवौं महाधिवेशनले भनि सकेको छ । त्यो पूँजीबाद एकदमै विकसित भन्दा पनि पूँजीवादको एउटा प्रारम्भिक चरणमा छ भन्ने कुरा अहिलेको प्रतिवेदनले पनि भनेको छ ।

६२/६३ को शान्तिपूर्ण जनक्रान्ति र यो बीचमा भएका सशष्त्र संघर्षहरु, विभिन्न समूदायले गरेका आन्दोलनहरु, सात सालको क्रान्ति, ४६ सालको परिवर्तन यी सबैको जगमा नेपालमा एउटा पूँजीवादी जनवादी क्रान्ति भएको छ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।

बैठकले एकीकृत कम्युनिष्ट पार्टी बनाउने पार्टीको मुख्य कार्यभार रहेको निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण कम्युनिष्ट पार्टीहरुसँगको छलफललाई अघि बढाउने निर्णय पनि प्रचार विभाग प्रमुख भट्टराईले बताए । उनले भने, नेकपा एमालेको कार्यभार एकीकृत कम्युनिष्ट पार्टी बनाउने कार्यभार हो ।

त्यसका निम्ति सम्पूर्ण कम्युनिष्ट पार्टीहरुसित त्यो ढंगले कुराकानीहरु अगाडि बढाउनु पर्दछ । र विशेष गरीकन हाम्रो मुख्य प्रतिद्धन्दी, प्रतिस्पर्धी शक्तिसँग प्रतिस्पर्धा गर्नका निम्ति अन्य सबै राजनीतिक शक्तिहरुसँग एकतावद्ध हुँदै अगाडि बढने र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने दिशामा नेकपा एमाले अविचलित ढंगले अगाडि बढनु पर्दछ ।

बैठकले पार्टीको जनवर्गीय संगठनहरुमा देखिएको समस्या पनि तत्काल हल गर्न पार्टीका महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्य दललाई निर्देशन दिएको छ ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, मोर्चा संगठनहरुमा पनि यसको कार्यान्वयनको निम्ति महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा ।संगठन विभाग प्रमुख विष्णु पौडेल, मोर्चा फाँटका गोकर्ण विष्ट र टोपबहादुर रायमाझी रहेको कार्यदल छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार