२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

तीन विधेयक संसदमा पेश गर्न स्वीकृति : " यस्ता छन् थप निर्णय "

सोमवार , आश्विन ११, २०७८

काठमाडौं, असाेज । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ ।  त्यस्तै सार्वजनिक पद धारणा गरेका व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सोमबारको बसेको मन्त्रिपरिषद् बैठक रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वृीकत गर्ने निर्णय गरेको छ सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकका निर्णय सुनाउँदै नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्यसम्पादन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी तथा सदस्य सचिव पुष्कर खाती साथै सदस्य नानीमाया थापा, मणिराम बञ्जारे, गोविन्दबहादुर शाही, व्रम्हधोज गुृरुङ र सुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने तथा गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्रको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार