२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पालिका अधिवेशनका अवसरमा शुभकामना

सभापति देउवाले कार्यकर्तालाइ भने : 'जनताको मन जित्नेगरी नगर र पालिकामा भूमिकालाई प्रभावकारी बनाउ '

शनिवार , आश्विन ९, २०७८

काठमाडौं, असाेज । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाले कार्यकर्ताहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

शनिबारबाट शुरु भएको कांग्रेसको पालिका अधिवेशनका अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आग्रह पनि गरेका छन् ।

देउवाले शनिबार सामाजिक संजालमार्फत कोभिड १९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालनागरी अधिवेशनमा सहभागि हुन अनुरोध पनि गरेका छन् कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मिति अनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबारदेखि गाउँ नगर अधिवेशन प्रारम्भ भएको हो ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा शनिबारदेखि गाउँ नगर अधिवेशन शुरु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार