२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस गाउँ अधिवेशन:ओखलढुंगाका तीन स्थानीय तहमा निर्विरोध

शनिवार , आश्विन ९, २०७८

ओखलढुंगा असोज । नेपाली कांग्रेस ओखलढुंगाको नगर तथा गाउँ अधिवेशनमा तीन स्थानीय तहमा सभापति सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनमा खिजिदेम्बा, लिखु र चम्पादेवी गाउँपालिकामा सर्वसम्मत सभापति निर्वाचित भएका हुन् ।खिजीदेम्वामा रामकुमार सुनुवार, लखिुमा कुमार सुवेदी र चम्पादेवीमा विष्णु पुलामी निर्वाचित हुनुभएको छ ।

अन्य तीन स्थानीय तह सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिकामा चुनाव भएको छ ।सिद्धिचरणमा प्रेमराज गुरुङ र निबन्द श्रेष्ठ, चिशंखुगढीमा गोपालमान थापा र काजीमान राई तथा मोलुङ गाउँपालिकामा गोपीकृष्ण कार्की र महेन्द्रबहादुर कार्कीबीच प्रतिष्पर्धा भएको छ ।सुनकोसी गाउँपालिकामा सहमतिको प्रयास भइरहेको र मानेभञ्ज्याङ गाउँपालिकामा भने चुनावी प्रक्रिया भइरहेकोनेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदिप कुमार सुनुवारले बताएका छन ।जिल्लामा १४ औं महाधिवेशका लागि दुइ पक्षबीच प्रतिस्पर्धा भएको छ । जिल्ला सभापतिका लागि उपसभापति तेजेन्द्र खनाल र पुराना निष्ठावान नेता बालकृष्ण दाहालबीच प्रतिस्पर्धा हुने भएपछि हरेक स्थानीय तहमा नेतृत्व छनौटका लागि प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार