२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४औं महाधिवेशन

कांग्रेस पदाधिकारी बैठक : 'जिल्ला अधिवेशन कार्य तालिका हेरफेर, केन्द्रीय प्रभावित हुनसक्ने '

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं, असाेज । नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत जिल्लाहरुको अधिवेशन मिति केही हेरफेर गरेको छ । विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लाहरुमा दसैं अघि र दसैंपछि अन्य जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार कार्तिकमा हिउँ पर्ने र जाडो शुरु हुने भएकाले हिमाली जिल्लाहरुमा दशैं अगावै अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो । तर क्रियाशील सदस्यता नटुंगिएका हिमाली जिल्लामा भने दशैंपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

क्रियाशील विवाद रहेका १३ जिल्लाको हकमा छिट्टै क्रियाशीलको नामा

कांग्रेसले हिमाली जिल्लाको सूचीमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ,डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला राखेको छ ।

यसअघि नै वडा अधिवेशन सम्पन्न भएका जिल्लामा भने तोकिएकै मितिमा पालिका अधिवेशन गर्ने निर्णय भएको छ । क्षेत्रीय र जिल्ला अधिवेशनको हकमा निर्वाचन समितिले नयाँ तालिका सार्बजनिक गर्नेछ । तर जिल्लाको अधिवेशन सकिएपछि प्रदेशको अधिवेशन गर्नुपर्ने भएकाले महाधिवेशनको मिति केही पछि धकेलिने हो कि भन्ने आशंका पनि पैदा भएको छ ।

केन्द्रीय महाधिवेशनको मिति प्रभावित हुन्छ कि ? भन्ने हाम्राकुराको प्रश्नमा संयोजक यादवले त्यहाँसम्म अहिले नै सोचिनसकेको जवाफ दिए । उनले भने,‘केन्द्रीय महाधिवेशन प्रभावित नहोस भन्ने हाम्रो लक्ष्य हो । बीचमा अरु कुनै डिस्टर्ब हुँदैन भन्ने लागेको छ ।

हाल प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । तर निर्वाचन समितिका सदस्यहरुले प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका हेरफेर हुनसक्ने संकेत गरेका छन् । कांग्रेसमा ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

यसअघि कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार ९ असोजमा स्थानीय तहको अधिवेशन, १२ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ असोजमा जिल्ला अधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार