२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एकिकृत समाजवादी

पदाधिकारी चयन : ' उपाध्यक्ष चार, महासचिवमा बेदुराम, सचिव रामकुमारी झाँक्री '

महासचिव सहित पदाधिकारीको प्रस्ताव अहिले केन्द्रीय कमिटी बैठकमा राखिँदै

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं, असाेज । नेकपा (एकिकृत समाजवादी)ले पार्टीका पदाधिकारी चयन गरेको छ । नेकपा एसले सचिवालय बैठकमार्फत पार्टीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाललाई चयन गरेको हो ।

यस्तै महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा विजय पौडेल र प्रकाश ज्वाला छानिएका छन् । महासचिव बन्न भुषालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेलले दावी गरेका थिए । तुलाधरले केन्द्रीय कमिटीको बैठक समेत सञ्चालन गरेका थिए ।

यसैगरी सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन भएका छन् । यो सहमतिलाई आजै बस्ने केन्द्रीय कमिटीको बैठकमा पेस गरिने र घोषणा गरिने नेतृ झाँक्रीले जानकारी दिइन् । महासचिव सहित पदाधिकारीको प्रस्ताव अहिले केन्द्रीय कमिटी बैठकमा राखिँदै छ कार्य विभाजन पनि आजै हुन्छ , प्रस्तावित महासचिव भूषालले भने ।

एकीकृत समाजवादीको अन्तरिम विधान अनुसार पार्टीमा अध्यक्ष एक, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७१७ जना पदाधिकारी रहनेछन् । यी सबै गरेर नेकपा एसमा ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी केन्द्रीय कमिटी १५१ सदस्यीय हुनेछ ।

यस्तै केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी बन्नेछ । भुसालका अनुसार केन्द्रीय सदस्यको भने अझै टुङ्गो लागेको छैन ।

२२५ देखि २५० सम्मको केन्द्रीय कमिटी बनाउने तयारी भएको छ । तलबाट धेरै नेताहरूको नाम प्रस्ताव आएको छ छानेर २५० भन्दा मुनिकै सङ्ख्यामा केन्द्रीय कमिटी बन्नेछ, प्रस्तावित सचिव जगन्नाथ खतिवडाले भने । नेकपा एसको अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार