२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

एमाले सांसदको नाराबाजी : 'आर्थिक विधेयक २०७८ पारित, खर्चको बाटो खुल्यो'

संसद्को बहुमत सदस्यले आर्थिक विधेयक पारित भएको घोषणा सभामुखले गरे

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं, असाेज । एमालेका सांसदको अवरोधकाबीच प्रतिनिधि सभामा आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको छ । विहीबार दिउँसो २ बजे शुरु भएको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदले अवरोध र नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गरेका थिए । संसदमा उक्त विधेयकका पक्षमा बहुमत रहेको बताउँदै सभामुख सापकोटाले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि संसद्को बहुमत सदस्यले आर्थिक विधेयक पारित भएको घोषणा सभामुखले गरेका थिए ।

एमालेका सांसदहरुले गत भदौ २३ गते बुधबारबाट सुरु प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार