२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औँ महाधिबेशन

वडा अधिवेशन : '१३ जिल्लामा ९ असोजपछि, पालिका दशैंअघि'

प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दशैंपछि हुने

बिहिवार , आश्विन ७, २०७८

काठमाडौं, असाेज । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा ९ असोजपछि मात्रै वडा अधिवेशन गर्ने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकमार्फत कांग्रेसले १३ जिल्लामा ९ असोजसम्म क्रियाशील सदस्यता टुंगाएर वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ जिल्लामा ९ असोजसम्म क्रियाशील सदस्यता टुंगाउने र वडा अधिवेशन गर्ने सहमति भएको जानकारी दिएका हुन् ।

उनका अनुसार ति १३ जिल्लामा पालिका अधिवेशन भने दशैंअघि गर्ने गरी सहमति जुटेको हो । पूर्व महामन्त्री प्रकाशमान सिंहले वडा अधिवेशन सकिएका जिल्लामा भने तोकिएकै मितिमा पालिका तहका अधिवेशन हुने बताए ।

उनका अनुसार १३ जिल्लामा भने दशैं अघि पालिका अधिवेशन गर्ने सहमति छ । कांग्रेसले ९ असोजका लागि पालिका तहको अधिवेशन तोकेको छ ।

अब १३ जिल्ला बाहेकमा सो मितिमा पालिका अधिवेशन हुनेछ भने बाँकी १३ जिल्लामा दशैं अघि पालिका अधिवेशन हुनेछ । कांग्रेसले नयाँ कार्यतालिका भने सार्वजनिक गरेको छैन । सहमती अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दशैंपछि हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार