२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

उपसभापति गच्छदारले भने : 'आयोगहरु राजनीतिक प्रभावमा, निर्दोष फसे, दोषी उम्किए '

बुधवार , आश्विन ६, २०७८

काठमाडौं, असाेज । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पूर्वाग्राही राखेर फसाएको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा फसाउने प्रयास भएको जिकिर गरे ।

उनले ललिता निवास प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको बताए । मुद्दा चलाउँदा पनि निष्पक्ष नभएको र छानीछानी मुद्दा चलाइएको बताए ।

छानबिन र अध्ययनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र भएपनि राजनीतिक दबाबमा परेर पूर्वाग्रह राख्ने काम भएको उनको भनाइ थियो ।छानीछानी मुद्दा चलाइएको छ ।

काखा र पाखा गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको छ उनले भने । मुद्दामा विषयमा स्पष्ट पार्दै गच्छदारले सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको बताए ।

साथै उक्त प्रस्ताव मन्त्रिपरिषदबाट सर्वसम्मत निर्णय भएको उनले जानकारी दिए । अख्तियारले २०७६ माघ २२ मा गच्छदारसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय सक्रिय राजनीतिबाट ओझेल परेका भएका गच्छदार गत ३० असारमा विशेष अदालतबाट १० लाख धरौटीमा छुटेका थिए ।

पत्रकार सम्मेलनका क्रममा उपसभापति गच्छदारले व्यक्तिगत रुपमा लाभ लिने वा सरकारलाई हानी पुर्‍याउने उद्देश्य आफ्नो नभएकोले सरकारको गुरुयोजना पेस गर्नु भ्रष्टाचार हुन नसक्ने जिकिर गरे । संवैधानिक आयोगहरु राजनीतिक प्रभावमा पर्दा निर्दोष व्यक्तिहरु फन्दामा पर्ने र दोषीहरु छुट्ने गरेको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार