२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गठबन्धन आबद्ध पाँचदल

सत्ता गठबन्धन बैठक साँझ ६ बजे बस्दै : " मन्त्रीपरिषद् विस्तारबारे छलफल हुने "

बुधवार , आश्विन ६, २०७८

काठमाडौं, असाेज । मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धन आबद्ध पाँचदल बैठक बस्दैछ । प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रीपरिषद् विस्तारका विषयमा छलफल गर्न अहिले साँझ ६ बजे गठबन्धन आबद्ध दलको बैठक बस्ने भएको हो मन्त्रीको नाममा सहमति खोज्न अहिले माओवादी केन्द्रको समेत बैठक जारी छ ।

यस्तै काँग्रेस पदाधिकारी बैठकसमेत संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ । यसैगरी नेकपा एकीकृत समाजवादीले समेत आफ्नो दल भित्र मन्त्रीपरिषद्लाई पूर्णता दिने बारेमा अहिले छलफल गरिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मात्रै डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका थिए । त्यसअघि हिजो नै काङ्ग्रेसबाट परराष्ट्रमन्त्री बनाउने गठबन्धन आबद्ध दलबिच सहमति भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार