२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

बुधवार , आश्विन ६, २०७८

काठमाडौँ,  असाेज  । परराष्ट्रमन्त्रीमा नियुक्त नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ गरेका छन् ।

शीतल निवासमा केहीबेरअघि आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधवारै खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी मन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

सत्ता गठवन्धन आबद्ध पाँच दलबिच मङ्गलवार भएको सहमति अनुसार काँग्रेसका तर्फबाट उनलाई परराष्ट्र मन्त्री बनाइएको हो । मन्त्री खड्का केहीबेरमा परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार