२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस पदाधिकारी बैठक आज : 'मन्त्री थपदेखि क्रियाशील विवादमा छलफल गरिँदै'

गठबन्धन दलबीच डा नारायण खड्कालाई तत्काल परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने सहमति, सोबारे पनि छलफल हुने

बुधवार , आश्विन ६, २०७८

काठमाडौं, असाेज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन ।

मङ्गलबार सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकमा कांग्रेस नेता डा नारायण खड्कालाई तत्काल परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ ।

यसैगरी कांग्रेसको महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।

प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेका कारण ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार