२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एकीकृत समाजवादीले भन्याे : 'चुनावसम्म वाम-लोकतान्त्रिक गठबन्धन'

मंगलवार , आश्विन ५, २०७८

असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्नु पर्नेमा जोड दिएको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमा गठबन्धनको एकतामा जोड दिइएको छ ।

अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार