२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रिपरिषद्को बैठक निर्णय

ओली सरकार नियुक्त सबै राजदूत फिर्ता

मंगलवार , आश्विन ५, २०७८

काठमाडौं, असाेज । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले राजनीतिक रुपमा नियुक्त गरेका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद्ले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ,मन्त्री कार्कीले भने ।

रकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी लगायत अन्य देशमा नियुक्त भएका राजदूत फिर्ता हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार