२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अध्यक्ष प्रचण्ड भन्छन : 'एमसीसीमार्फत ओलीलाई मद्दत गर्ने गठबन्धनलाई टुटाउने कसरत गर्दैछन् '

आइतवार , आश्विन ३, २०७८

काठमाडौँ, असाेज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एमसीसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान कसरत भइरहेको बताएका छन् । जसपा र एमालेबाट माओवादी केन्द्रमा आएका एक दर्जन नेता तथा कार्यकर्ताको आफ्नो निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन् ।

हिजो संसद् विघटन गरेर केपी ओलीलाई मद्दत गर्नेहरू एमसीसीमार्फत गठबन्धनलाई टुटाएर फेरि प्रतिगमनमा लैजान सकिन्छ कि भनेर कसरत गरिरहेका छन् , अध्यक्ष प्रचण्डले भने, हामीले गठबन्धनमा एमसीसी र गठबन्धन कुन मुख्य हो भनेर छलफल पनि गरेका छौँ । गठबन्धन रक्षा नै राष्ट्र, संविधान र गणतन्त्रको हितका लागि मुख्य हो ।

एमसीसी परिमार्जन र संशोधनबिना पास गर्न सकिन्न र राष्ट्रिय सहमति नबनाई यस्तो डरलाग्दो कुरामा हात हाल्न पनि हुन्न । उनले माओवादी आन्दोलन र यसले उठाएका एजेन्डालाई राष्ट्रिय रूपमा फेरि नयाँ उचाइबाट स्थापित गर्ने तथा आन्दोलन र पार्टीलाई फेरि राष्ट्रको नेतृत्व गर्ने गरी विकास गर्ने अवसर आफूहरूमा रहेको उनको भनाइ थियो ।

उनले भने, समाजवादी क्रान्तिलाई मार्क्सवादी तरिकाले अगाडि बढाउने पार्टीको रूपमा यो पार्टी र नेतृत्वका लागि अन्तिम अवसर पनि हुनसक्छ । एक चोटि राष्ट्रलाई झकझक्याएर अगाडि लैजाने अवसर पनि हुनसक्छ ।

सकिएन भने नराम्रो स्थितिमा आन्दोलन जाने खतरा पनि छ । त्यस कारण सबै क्रान्तिकारीहरूले अब ढिला नगरी एकताबद्ध हुने र आत्म समीक्षासहित जनताको घरघरमा पुग्नुपर्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार