२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

उपसभापति निधिले भने : ' संविधान बनाउन नसकेको भए नेपाल असफल राष्ट्रमा पर्थ्यो'

आइतवार , आश्विन ३, २०७८

असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ संविधानलाई परिस्थितिजन्य बाध्यताको संज्ञा दिएका छन् । दोस्रो संविधानसभाबाट पनि संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको दावी गर्दै उपसभापति निधिले परिस्थितिबस् अहिलेको संविधान जारी भएको बताए ।

परिस्थिति कस्तो बन्यो भने मुलुकमा संविधान नै नबन्ने खतरा बढ्यो । दुई पटक संविधानसभाले संविधान बनाउन सकेन भनेर नेपाली जनताको निर्णय क्षमतामाथि प्रश्न उठ्ने अवस्था आयो, निधिले भने, बरु एक थान संविधान भएपनि बनाउनुपर्छ भन्नेमा हामी गयौं । संविधान बनाउन नसकेको भए नेपाल असफल राष्ट्रमा पर्थ्यो ।

आइतबार काठमाडौंमा संविधान दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले संविधानसभाबाट संविधान निर्माण हुनुले नेपाल र नेपाली जनताको सार्वभौमिकता पुष्टि भएको बताए । संविधानमा भएका कमजोरी सच्याउँदै उत्कृष्ट बनाउनुपर्नेमा उनको जोड थियो ।

हामी उत्कृष्ट संविधान बनाउन चाहन्थ्यौं तर परिस्थितिले एक थान मात्रै भएपनि संविधान बनाउनुपर्नै अवस्था आयो, उनले भने,अब यो संविधानलाई कसरी उत्कृष्ट बनाउने भन्नेतर्फ हामी केन्द्रीत हुनुपर्छ । उनले सबै राजनीतिक दलले संविधानप्रति अपनत्व लिनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार