२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सरकार संसद चलाउन नयाँ रणनीतिमा

संसद चलाउन प्रतिपक्षसँग दूरी घटाउँदै : 'देउवाले खटाए काँग्रेसका तीन नेता छलफलमा '

आइतवार , आश्विन ३, २०७८

काठमाडौँ, असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको दूरी घटाउने प्रयासलाई सक्रिय बनाएका छन् । देउवाले पछिल्लो विकसित राष्ट्रिय राजनीतिको अवस्था, एमसीसी, संसद् सञ्चालन लगायतका विषयमा प्रमुख प्रतिपक्षी एमालेसँग सम्बन्ध सुधारको प्रयास थालेका हुन् ।

त्यसका लागि उनले आफ्ना विश्वासपात्र मानिएका केही नेतालाई खटाएका छन् । एमाले नेतासँगको संवादमा काँग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, कानुन नमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता मीन विश्वकर्मा खटिएका हुन् ।

प्रधानमन्त्री देउवा निकट नेताले गठबन्धनलाई ओझेलमा पार्ने वा प्रतिपक्षसँग गठबन्धन बनाउने नभई राष्ट्रिय मुद्दामा सहमति खोज्ने र सांसदलाई सञ्चालन गर्ने विषयमा प्रतिपक्षी एमालेसँग निरन्तर संवाद भइरहेको जानकारी दिए । कानुन नमन्त्री कार्कीले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले संसदीय दलका उप नेता सुवास नेम्बाङसँग भेटेका थिए ।

एमालेसँगको दुरी घटाउन प्रधानमन्त्री इच्छुक हुनुहुन्छ, राष्ट्रिय मुद्दा मासँगै अघि बढ्ने प्रधानमन्त्रीको चाहना हो, ती नेताले हाम्रा कुरासँग भने । प्रतिपक्षी दलसँगको सम्बन्ध सुधारको प्रयासले सत्ता गठबन्धनमा कुनै असर नगर्ने र प्रतिपक्षसँग गठबन्धन पनि नबन्ने तर यो प्रयासले देशको हित हुने नेता विश्वकर्माले सञ्चारकर्मीलाइ जानकारी दिए ।

गठबन्धनलाई ओझेलमा पार्ने वा प्रतिपक्षसँग गठबन्धन बनाउने नभई राष्ट्रिय मुद्दामा सहमति खोज्ने र सांसदलाई सञ्चालन गर्ने विषयमा प्रतिपक्षी एमालेसँग निरन्तर संवाद भइरहेको छ, विश्वकर्माले भने । प्रधानमन्त्री देउवाले सरकार गठन भएको दुई महिना बढी हुँदासमेत सरकार विस्तार गर्न गठबन्धन आबद्ध दलबिचबाटै असहयोग भोग्दै आइरहेका छन् ।

यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा समेत गठबन्धन आबद्ध दलबाट देउवाले सहयोग पाएका छैनन् भने संसद् सञ्चालनका विषयमा समेत गठबन्धन आबद्ध दलबाट चासो नदेखाइएको भन्दै उनी रुष्ट रहँदै आइरहेका छन् ।

केही राष्ट्रिय महत्त्वका विषयमा छलफल भएका छन्, संसद्मा अघिल्लो सरकारले लगेका विधेयक खारेज हुने अवस्था आएको छ, यस कारण प्रतिपक्षसँग संवादको थालनी गरिएको हो,’ काँग्रेसका अर्का एक नेताले भने ।

ती नेताले गठबन्धन आबद्ध दलका नेताहरू आफैँ संलग्न भएका विषयमा पन्छिने प्रवृत्ति देखाउँदै गएपछि र सरकार र संसद् दुबैतर्फ अवरोधको अवस्था आएपछि एमालेसँग संवाद थालिएकोसमेत स्पष्ट पारे । एमाले अध्यक्ष ओलीले नै प्रधानमन्त्री हुँदा अघि सारेका नागरिकता सम्बन्धी अध्यादेश, एसिडसँग सम्बन्धित अध्यादेश खारेज भइसकेकाले एमालेसमेत संवादमा सकारात्मक देखिएको छ ।

एमाले संसदीय दलका उपनेता नेम्बाङले समेत कानु नमन्त्री कार्कीसँग आफ्नो र अध्यक्ष ओलीको भेट भएको समसामयिक राजनीतिक अवस्थाका विषयमा संवाद भएको बताएका छन् ।

एमालेबाट काँग्रेससँगको संवादमा प्रमुख सचेतक विशाल भट्टराई, नेता महेश बस्नेत लगायतका नेता खटिएका छन् । यस्तै नेम्बाङलेसमेत काँग्रेसका विभिन्न तहका नेतासँग फोन वार्तामार्फत सम्बन्ध सुधार गर्दै अघि बढ्न आग्रह गर्दै आइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार