जनकपुरधाम, असाेज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज ४ गतेपछि मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।
सत्ता गठबन्धनमा कुनै विवाद नभएको भन्दै गठबन्धन देश र जनताको लागि बनेको उनले बताए । नेता दाहालले एमसीसी भन्दा सत्ता गठबन्धन नै महत्वपूर्ण भएको दावी गरे ।
'गठबन्धन संविधान, संघीय लोकतन्त्र, गणतन्त्रको रक्षा र राष्ट्रका निमित्त बनेको हो । यसमा कुनै विवाद छैन ।
४ गतेपछि मन्त्रिपरिषद विस्तार हुन्छ, त्यही भएर तपाईँहरु ढुक्क भएर लेख्नुस्, यो सहकार्य देश र जनताको लागि भएकोले संविधान संशोधनको मुद्दालाई जोडतोडका साथ लिएर जान्छौँ प्रचण्डले भने ।