२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अध्यक्ष नेपालले भने : 'माधव नेपाल यो हप्ताभित्र मन्त्रिपरिषद्लाई पूर्णता'

शुक्रवार , आश्विन १, २०७८

काठमाडौं, असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् । मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।

उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए । उनले संसद र सरकारमा आफूहरुको भूमिका सत्तापक्षको रुपमा रहने बताए ।

सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको बताउँदै उनले भने, यस अर्थमा हाम्रो भूमिका सरकार सन्चालनमा रहने छ, सहयोगी रहनेछ, सहकार्य गर्ने छौं, सँगसँगै अगाडि बढ्ने छौं ।

सरकारमा हामी सामेल हुनेछौं । संघीय सरकारमा सामेल हुने बताउँदै नेता नेपालले प्रदेश १ र बागमती प्रदेश सरकारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सातैवटा प्रदेशमा पनि हाम्रो सहभागीता रहनेछ, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार