२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

५७ औँ राष्ट्रिय बाल दिवस 

प्रधानमन्त्री देउवाको शभकामना : ‘बालबालिकालाई खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत’ 

मंगलवार , भाद्र २९, २०७८

काठमाडौँ, भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका छन । सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकमा शुभकामना व्यक्त गर्दै उनले कोभिड १९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको बताए ।

कोभिड १९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात गरेको छ ।

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानूनको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले उल्लेख गर्नुभएको छ ।

नेपालले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएको ३० पनि वर्ष पुरा भइसकेको छ । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं राष्ट्रिय बालअधिकार परिषद्मार्फत बालबालिकाको हक अधिकार संरक्षण तथा सम्वद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रदेश सरकार तथा स्थानीय सरकारहरूले बालअधिकार संरक्षण तथा सम्वद्र्धनका कार्यलाई प्राथमिकताका साथ लागू गरिरहेका छन् । प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताएका छन ।

बालअधिकार संरक्षण तथा सम्वद्र्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उहाँले राष्ट्रिय बालदिवस २०७८ को अवसरमा सम्पूर्ण अभिभावक, सेवा प्रदायक व्यक्ति तथा निकायहरूलाई बालबालिकाको सर्वाङ्गीण विकासमा जिम्मेवार हुन पनि अनुरोध गरेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार