२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्री यादवले भने:‘पूर्वाधार विकासमा सरकारको प्राथमिकता

सोमवार , भाद्र २८, २०७८

जनकपुरधाम, भदौ । भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पूर्वाधार निर्माणको क्षेत्रमा प्रदेश सरकारले प्राथमिकताका साथ काम अगाडि बढाएको बताएका छन ।जनता आवास योजना अन्र्तगत धनुषाको नगराइन नगरपालिका २ स्थित डोम समुदायका लागि निर्माण हुन लागेको घरको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

मन्त्री यादवले पूर्वाधार निमार्णकै क्रममा प्रदेश सरकारले जनता अवास कार्यक्रममार्फत पिछडिएका दलितमध्ये डोम, मुसहर समुदायका लागि प्रत्येक निर्वाचन क्षेत्रमा पक्की घर निर्माण गर्न लागेको बताएका छन ।उनले संघीयता आएपछि गाउँ गाउँमा विकासले गति लिएको र केही वर्षभित्रैमा प्रत्येक गाउँमा पक्की सडक निर्माण हुने उनले धारणा राखे ।

उनले निमार्ण हुन लागेको दलित आवास समयमै निर्माण सम्पन्न गरी दलित समुदायलाई प्रदेश सरकारले हस्तान्तरण गर्ने योजना मन्त्रालयको रहेको बताए ।कार्यक्रमको अध्यक्षता गर्दै प्रदेशसभा सदस्य तथा जनता आवास योजना धनुषाका संयोजक शिवचन्द्र चौधरीले जनता आवास योजना अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा दलितको आवासका लागि घर बनाउने कार्य तीब्र गतिमा भइरहेको बताएका छन ।नगराइन र मुखियापटट्ीमा डोम समुदायका लागि ७० वटा घर निर्माण हुने जानकारी दिएका छन । कार्यक्रमा भौतिक पूर्वाधार विकास मन्त्रीका सल्लाहकार जीवनाथ चौधरीसहित स्थानीय पालिकाका जनप्रतिनिधि, भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार