२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्वोच्च अदालत आदेश

ओलीले दायर गरेकाे रिट निवेदन : " हेर्न नभ्याइने सूचीमा "

एमालेबाट कारवाही गरिएका १४ सांसदलाई पदमुक्त गर्न माग

सोमवार , भाद्र २८, २०७८

काठमाडौं, भदाै । एमालेबाट कारवाही गरिएका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन हेर्न नभ्याइने सूचीमा परेको छ ।

ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन सोमबार हेर्न नभ्याइने सूचीमा परेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोके पनि रिट निवेदनलाई हेर्न नभ्याइने सूचीमा राखिएको हो ।

एमालेले माधव नेपालसहित १४ संघीय सांसदलाई निष्कासन गरेको भन्दै संसद सचिवालय र निर्वाचन आयोगमा भदौ १ गते पत्र पठाएको थियो । तर, संसद सचिवालयले सूचना टाँस नगरेपछि नेपाल पक्षले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको थियो ।

निर्वाचन आयोगले पनि सो दललाई मान्यता दिइसकेको छ । एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार