२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस:कार्यकर्ता क्रियाशील सदस्यता सूची पर्खदै

सोमवार , भाद्र २८, २०७८

लहान, भदौ । क्रियाशील सदस्यको सूची सार्वजानिक भएपछि स्थानीय वडा नेतृत्व चयन प्रक्रिया अघि बढ्ने नेपाली काँग्रेस जिल्ला कार्य समिति सिरहाले जनाएको छ ।

नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्लाका अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा यस्तो बताएका छन । सुखीपुर नगरपालिकामा अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउँदै उनले भने,;सिरहामा नयाँ र पुरानो गरी १५ हजारभन्दा बढी क्रियाशील सदस्य छन ।

त्यो नामावली केन्द्रको वेभसाइटमा नराखिएकाले वडा अधिवेशन हुननसकेको हो ।असोज १ सम्म केन्द्रले क्रियाशील सदस्यको नामावली सार्वजनिक गरि दिए असोज ५ मा वडा अधिवेश्न हुनसक्ने जानकारी गराउँदै जिल्ला सभापति यादवले सिरहा जिल्लाको क्रियाशील विवाद केन्द्रिय प्रतिनिधि जीवन परियार र आन्नद ढुङगाको टोलीले सिरहाको विवाद समाधान गरिसकेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार