जनकपुर, भदौ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सरकार र सञ्चारकर्मीबीचको सम्बन्ध अझै सुढृढ बनाउनु पर्नेमा जोड दिएका छन । मुख्यमन्त्री कार्यालय जनकपुरधाममा आइतबार आयोजित प्रदेश २ का विभिन्न सञ्चार माध्यमका प्रमुखसँगको सम्बाद कार्यक्रममा उनले भने, प्रदेश सरकार सञ्चारकर्मीसँग समन्वय, सहकार्य गरेर सहयात्रीको रुपमा सम्बन्ध कायम गर्न तयार छ ।
प्रदेश २ का आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलले मुख्यमन्त्री कार्यालयको समन्वयमा आयोजना गरेको सो कार्यक्रममा उहाँले अहिलेको युग सञ्चारको युग भएको र सञ्चारकै कारण विभिन्न परिवर्तन भएको बताए ।उनले भने, सत्य तथ्य समाचार प्रकाशन÷प्रशारण गर्न सञ्चारकर्मीको दायित्व हो । यसको लागि प्रदेश सरकार र सञ्चारकर्मीबीच मैत्रीपूर्ण सम्बन्ध हुनुपर्छ ।सरकार सत्य तथ्य सूचना दिन प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री राउतले सही समयमा सरकारले सूचना उपलब्ध गराइएमा भ्रामक समाचारको प्रचारबाजी गर्ने मिडिया स्वतः निरुत्साही हुने धारणा व्यक्त गरे ।सूचना लुकाइयो भने त्यहीँबाट भ्रामक समाचार जन्मिने बताउँदै उनले अब प्रत्येक मन्त्रालयमा नम्बरसहितको सूचना अधिकारी तोक्ने बताए ।