२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसद निरन्तर अवरोध

प्रतिनिधि सभा बैठक : " एमालेबाट आज पनि अवरुद्ध, अर्को बैठक भदौ २९ मा "

आइतवार , भाद्र २७, २०७८

काठमाडौं, भदाै । आइतबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संयमता अपनाउन आग्रह गरेका छन् ।

मिनेटका लागि बैठक स्थगित गरेका सभामुखले दोस्रो बैठक आव्हान गरेर सदनको कारवाही अघि बढाए पनि सांसदहरुले रोष्टममा आएर नाराबाजी गरेका छन् ।

१५ मिनेट बैठक स्थगित गरेर एमाले सांसदहरुसँग सभामुखले गरेको संवादको प्रयास असफल भएपछि पुनः संसदमा नाराबाजी गरेपछि सभामुखले संसदको मर्यादा कायम राख्न आग्रह गरेका छन् ।

उनले छलफल र सहमतिबाट बैठक नियमित गर्न सहयोग गर्न आग्रह गरे पनि सांसदले अवरोध जारी राखेका थिए ।

बैठक स्थगित गरेर सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए ।

बैठक निरन्तर अवरोध गरेपछि सभामुख सापकोटाले आइतबारको बैठक स्थगित गरेका छन् । उनले अर्को बैठक भदौ २९ गते दिनको १ बजे बस्ने सूचना जारी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार