काठमाडौं, भदौ । सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ ।
बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । गत शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले आ-आफ्नो पार्टीमा छलफल गरेर छिटो मन्त्रीको नामावली दिन शीर्ष नेतालाई आग्रह गरेका थिए ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । देउवा नेतृत्वको मन्त्रिपरिषदमा हाल चार मन्त्री र एक राज्यमन्त्री मात्र छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने सत्ता गठबन्धनका एक नेताले बताए ।