काठमाडौँ, भदौ।पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सोही अवधिमा १६६० जना संक्रमण मुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।