२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सत्तारुढ गठबन्धन बैठक

बालुवाटारमा बैठक : 'एमसीसीमा अलमल , मन्त्रीपरिषद् विस्तार र संसद् सञ्चालनबारे छलफल'

बिहिवार , भाद्र २४, २०७८

काठमाडौँ, भदाै । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धन आबद्ध दलको बैठक एमसीसीका विषयमा अलमल गरेरै सकिएको छ ।

बैठकमा मन्त्रीपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालन लगायतका विषयमा भने छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । एमसीसीका विषयमा कुनै कुरा भएन, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालन लगायतका विषयमा छलफल भयो, यी विषयमा साझा धारणा छन्, गृहमन्त्री खाँणले भने ।

बैठकमा एमसीसीका विषयमा समेत छलफल गर्ने भनिए पनि गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएका कारण छलफल नभएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न ढिला भएको र त्यसले गर्दा सरकारको आलोचना भइरहेको भन्दै गठबन्धनका शीर्षस्थ नेताहरूको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल लगायत सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार