२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

२४ घण्टा: 'थप १ हजार६४० मा कोरोना सङ्क्रमण,१० को मृत्यु

बुधवार , भाद्र २३, २०७८

काठमाडौँ, भदौ । पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण भएको छ । २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण भएको हो । संक्रमित मध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार