ताप्लेजुङ, भदौ । ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका नौ जनाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपालीसमेत नौ जनाले एकीकृत समाजवादी रोजेका हुन् ।
एकीकृत समाजवादी रोज्नेमा मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, जिल्ला समन्वय समिति सदस्य निमातेन्जी शेर्पा, मेरिङ्देन गाउँपालिकाकै विभिन्न वडाका वडासदस्यहरु मानबहादुर लिम्बू, पूर्णबहादुर कामी, गजिन्द्रकुमार नाल्बो, दोर्जी शेर्पा, दिलमाया नेपाली र सूर्यमान बराइलीले एकीकृत समाजवादी रोजेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार नेकपा एमाले परित्याग गर्दै उहाँहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको हो ।