२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेता गुरुङले भने :  ‘प्रतिगमनकारीबाट जनताको उपलब्धि खतरामा’ 

आइतवार , भाद्र २०, २०७८


लमजुङ, भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताको उपलब्धि प्रतिगमनकारीबाट खतरामा पर्ने देखिएको बताएका छन । 
पार्टीको मध्यनेपाल नगर कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टीका प्रमुख सचेतक गुरुङले भने, “जनताले ठूलो योगदानका साथ लडेर बचाएको राष्ट्रिय र स्वाधीनता खतरामा पर्नबाट बचाउनका लागि सबै पार्टीका इमान्दार कार्यकर्ता र जनता सचेत ढङ्गले अघि बढ्नुपर्छ ।” 
त्यस्तै पार्टीका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले जनयुद्धमा ज्यान गुमाएका र बेपत्ता परिवारको निःशुल्क उपचार गरिने बताए । 
उनले स्तन, पाठेघर क्यान्सरलगायतका रोग लागेका नागरिकको पनि निःशुल्क उपचार गर्ने बताए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार