२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रदेश २ : तीन प्रदेशसभा सदस्य नेकपा समाजवादीमा

शनिवार , भाद्र १९, २०७८

लहान, भदौ । सिरहामा नेकपा एमालेबाट निर्वाचित चार जनामध्ये तीनजना प्रदेश सभा सदस्य नेकपा एकिकृत समाजवादी (एस) रोजेका छन ।

सिरहा १ (क) का लगनलाल चौधरी बाहेक सिरहा १(ख) का अशोककुमार यादव, सिरहा २ (क) का मदनेसेन श्रीबास्तव र सिरहा ३ (ख)बाट निर्वाचित प्रमोदकुमार यादव नेकपा (एस) मा खुलेका छन् ।

जिल्लाका १७ वटा स्थानीय तहमध्ये सखुवानन्कानरकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमलादेवी यादव नेकपा (एस) रोजेका छन् ।

त्यस्तै, पूर्व समान्य प्रशासन मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य रामचन्द्र यादव र पूर्व समान्य प्रशासन मन्त्री तथा केन्द्रिय सदस्य धर्मनाथप्रसाद साह नेकपा (एस) रोजेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार