२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जसपा अध्यक्ष यादवले भने : 'लोकतान्त्रिक शक्ति एक ठाउँमा रहनुपर्छ'

शनिवार , भाद्र १९, २०७८

जनकपुरधाम, भदौ । जनता समाजवादी पार्टीे नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा गठबन्धन घटकको सम्मानजनक भागीदारी र साझेदारीले गठबन्धनको भविष्य निर्धारण हुने बताएका छन ।

शनिबार जनकपुरमा सञ्चारकमीैसँग कुरा गर्दै अध्यक्ष यादले भने, पूर्ववर्ती सरकारको प्रतिगमनकारी कदमलाई परास्त गर्न एकढिक्का भएका परिवर्तनकारी शक्तिको लोकतान्त्रिक गठबन्धनलाई थप संस्थागत बनाउदै लगिने छ ।

उनले भने, गठबन्धन दलबीचमै समझदारी भएर मन्त्रिपरिषद् पूर्णतामा ढिलाइ भएको जानकारी दिँदै ढिलै गरेर ठोस रूपमा सत्तारुढ गठबन्धनलाई अघि बढाउन सरकारले अहिलेसम्म पूर्णता नपाएको बताए ।

भागबन्डाको कुरा नमिलेर सरकारले पूर्णता नपाएको होइन, अबका दुई चार दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,उनले भने । पार्टीका सिद्धान्त फरक भए पनि साझा विषय तथा समान लक्ष्य प्राप्तिका लागि मिलेर लोकतान्त्रिक गठबन्धनले काम गर्ने औल्याउँदै अध्यक्ष यादवले लोकतन्त्रको रक्षा तथा संघीय गणतन्त्रलाई दह्रो बनाउन गठबन्धन आगामी निर्वाचनसम्म जानुपर्ने बताए ।

उनले भने, जबसम्म प्रतिगमनकारीबाट लोकतन्त्रमाथि खतरा रहन्छ, तबसम्म लोकतान्त्रिक शक्ति एक ठाउँमा रहनुपर्छ । अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको सरकारमा सहभागिता नरहने बताए । अध्यक्ष यादवले सरकारमा सहभागिता हुँदा आफ्नो नेतृत्वमा जाने कुरा असम्भव नभए पनि अरूको नेतृत्वमा पनि जान सकिने बताए ।

उनले आर्थिक स्रोतमाथि अधिकार, कर्मचारीमाथि नियन्त्रण नभएका र आवश्यक नियम कानून निर्माणाधीन नै रहेकाले जसपा नेतृत्वको प्रदेश २ सरकारको कामकाज प्रभावकारी हुन नसकेको स्वीकार गर्दै सरकारलाई कार्यमूलक बनाउन प्रादेशिक शासनको स्वायत्तता आवश्यक रहेको बताए ।उनले संघ सरकारको आँखाको कसिङ्गर नै रहँदै आएको प्रदेश सरकारका कामबारे सही मूल्यांकन गर्नु समेत आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार