२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा: थप १ हजार २६८ मा सङ्क्रमण,९ को मृत्यु

शनिवार , भाद्र १९, २०७८

काठमाडौँ, भदौ । कोरोना भाइरसको सङ्क्रमण आज १  हजार २६८ व्यक्तिमा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा ९ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो।

शुक्रवार एक हजार ७५६ व्यक्तिमा सङ्क्रमण देखिएको हो। सक्रिय सङ्क्रमित ३१ हजार ८२६ रहेका छन्। सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४ घण्टामा घटेको पाइएको छ। सङ्क्रमणबाट आज जनाको ९ ज्यान गएको छ। यो सङ्ख्या यस महिनाको कम मृत्यु हो। शुक्रवार २३ जनाको सङ्क्रमणका कारणले भएको थियो।

अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ। नेपालमा प्रति १० लाखमा ३६४।६ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ।यस्तै ५५४ जना सघन उपचार कक्ष (आइसियु), १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेसन, दुई हजार १६८ संस्थागत आइसोलेसन र २७४ जना क्वारेन्टिनमा रहेका छन्। नेपालमा सङ्क्रमणको दर १९।५ प्रतिशत छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ छन्।

सङ्क्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख २५ हजार ६५१ व्यक्ति निको भई घर फर्किएका हुन्। शुक्रवारको तुलनामा निको हुने दर आज पनि बढेको छ। आज निको हुने दर ९४।५ प्रतिशत पुगेको छ। लगातार तीन दिनदेखि निको हुने दर बढेको छ। बुधवार ९४।१ प्रतिशत, बिहीबार ९४।२ र शुक्रवार ९४।३ प्रतिशत निको हुने पुगेका छन्।

एक लाख सात हजार ५९८ जनाले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार