२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एमाले : " उपाध्यक्ष गौतमले पार्टी छाडे, लेखे राजीनामा पत्र "

शुक्रवार , भाद्र १८, २०७८

काठमाडौं, भदाै । नेकपा एमालेमा उपाध्यक्ष वामदेव गौतमले पार्टी छाडेका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई पत्र लेख्दै गौतमले पार्टी उपाध्यक्ष र एमाले पार्टीबाटै राजीनामा दिएका हुन् ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन सक्ने अवस्था नभएको राजीनामा पत्रमा लेखेका छन् ।

यस्तै पत्रमा अध्यक्ष ओलीले नवौँ महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई अवलम्बन नगरेको आरोपसमेत लगाएका छन् । म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँका गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थन भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।

गौतमले राजीनामा पत्रमा भनेका छन् एनले जनताको बहुदलीय जनवाद (जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झन्डै दुई तिहाइको जनादेशलाई लत्त्याएर दुई पटक संविधान विपरीत संसद् भङ्ग गरेको पत्रमा भनेका छन् ।

यसैबिच गौतम माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा जाने सम्भावनासमेत बढेको छ । तर त्यसका लागि गौतमले सो दलको विधानमा जनताको बहुदलीय जनवाद समावेश गर्न माग गर्दै आएको बताइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार