२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानमन्त्री देउवाले भने : 'महाधिवेशनमा सबै एकवद्ध भएर लाग्नुस्'

शुक्रवार , भाद्र १८, २०७८

काठमाडौं, भदाै । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले सांसद महेश बस्नेतलाई आफूलाई होइन, आफ्नो भक्तपुर पार्टीका सभापतिलाई हराएर देखाउन चुनौति दिएका छन्।

शुक्रवार भक्तपुर सूर्य विनायक नगरपालिका - ५ कटुन्जेमा वडा अधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले आफूलाई होइन, आफ्ना जिल्ला सभापति दुर्लभ थापालाई हराएर देखाउन भनेका हुन्।

यसअघि महेश बस्नेतले देउवालाई उठे, हराएर देखाउने अभिव्यक्ति दिएका थिए। आजबाट कांग्रेसको वडा अधिवेशन सुरु भएको छ। कांग्रेसको १४ औं महाधिवेशनमा सबैलाई एकवद्ध भएर लाग्न समेत देउवाले आग्रह गरे।  प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाइ बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताए।

'यसमा उत्साहका साथ भाग लिनुहोला। पार्टीलाइ सशक्त बनाएर आगामी निर्वाचनमा हाम्रो बहुमत प्राप्त गर्न सक्ने पार्टी बनाउनु छ,' प्रधानमन्त्री देउवाले भने। संवैधानिक वाध्यता भएकाले पनि कोभिड संक्रमणको समयमा महाधिवेश गर्नु परेको देउवाले बताएका थिए।

त्यसैले कोभिड प्रोटोकल प्रयोग गर्न सबै नेता तथा कार्यकर्तालाई निर्दैशन समेत दिए। उनले प्रजातन्त्रलाई सुदृढ बनाउन पनि पार्टी बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार