२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसमा भित्र्याए डा. महतले २२ जना युवा

बुधवार , भाद्र १६, २०७८

काठमाडौं, भदाै  । विभिन्न जिल्लाका २२ जना कलाकार, संचारकर्मी तथा श्रमिकहरु कांग्रेस नेता डा.प्रकासशरण महतले पार्टी प्रवेश गराएका छन् ।

कांग्रेस नेतृ एवम प्रदेश सभा सदस्य कल्पना नेपालीको संयोजनमा बुधबार विहान एक समारोहबीच उनीहरुलाई नेता महतले पार्टीमा स्वागत गरेका हुन् ।

एमाले, राप्रपा साथै माओवादी केन्द्रमा आबद्ध उनीहरु रामेछाप, काभ्रे, नुवाकोट, भक्तपुर लगायत जिल्लाका हुन् । यसअघि आफू आबद्ध  पार्टीहरुले देश र जनताको हितमा काम गर्न नसकेकोमा असन्तुष्टी जनाउँदै उनीहरुले कांग्रेस रोजेको नेतृ नेपालीले बताइन ।

पार्टी प्रवेश कार्यक्रममा नेविसंघका अध्यक्ष राजीब ढुंगाना, नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा लेखक लाओस राईलगायतको उपस्थिति थियो ।

 

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार