२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसको १४ औं महाधिवेशन

महाधिवेशन कार्यतालिका : "कांग्रेसमा सबै वडामा भदौ १८ मा नहुने "

क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जनभन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने

बुधवार , भाद्र १६, २०७८


काठमाडौं, भदौ  । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८  मा  देशभरका सबै वडामा अधिवेशन नहुने  देखिएको छ । 
क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जनभन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो ।

कांग्रेसमा नेताबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी हुँदा ५६ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ ।

‘जति ठाउँमा तोकिएको मितिमा वडा अधिवेशन हुँदैन, त्यहाँ निर्वाचन अधिकृतलाई नै नयाँ मिति तोक्ने अधिकार दिइएको छ,’ सहमहामन्त्री डा. प्रकाशशरण महतले भने ।
बाँकी २१ जिल्लामध्ये केही जिल्लाको बुधबार साँझसम्म क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए । उनले क्रियाशील सदस्यता सूची समितिले पाउनेवित्तिकै जिल्लामा निर्वाचन अधिकृत खटाइने बताए ।
निर्वाचन समितिका सदस्य रावलले सबै वडामा कार्यतालिका अनुसार अधिवेशन नहुने बताए । ‘देशभरका ६ हजार ७४३ वडामै एकैदिन अधिवेशन हुने अवस्था छैन,’ उनले भने, ‘बिहीबारसम्म जति जिल्लाको क्रियाशील सदस्यता सूची आउँछ, हामी त्यहाँ निर्वाचन अधिकृत खटाउँछौं ।’

भदौ १८ मा अधिवेशन हुन नसकेका वडामा अर्को मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको छ । कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले वडा अधिवेशनदेखि पालिका अधिवेशनको बीचमा पर्याप्त समय भएकाले त्यस बीचमा गर्न सकिने बताए ।
‘जति ठाउँमा तोकिएको मितिमा वडा अधिवेशन हुँदैन, त्यहाँ निर्वाचन अधिकृतलाई नै नयाँ मिति तोक्ने अधिकार दिइएको छ,’ सहमहामन्त्री महतले भने, ‘क्रियाशील सदस्यता विवाद जति चाँडो टुंगिन्छ, उति छिटो अविधेशन हुन्छ ।’

उनले क्रियाशील सदस्यताबारे शीर्ष तहमा भएको सहमति कार्यान्वयन नगर्दा समस्या देखिएको बताए । कांग्रेसमा बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा समायोजनको विषयमा विवाद छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार