२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टामा: थप १ हजार ६६४ संक्रमित, २० को मृत्यु

मंगलवार , भाद्र १५, २०७८

काठमाडौं, भदाै ।  पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ ।

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ । कुल संक्रमित पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५०५ जना पुगेका छन् ।

संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् । हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेका छन्  भने ५३७ जना आईसीयूमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार