२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

पौडेल समूह बैठक बस्दै : " सभापतिको चयनबारे छलफल गर्न बैठक बस्दै "

'साझा उम्मेदवार तय गर्ने, नभए कम्तीमा एउटा मात्रै उम्मेदवार बन्छौं '

मंगलवार , भाद्र १५, २०७८

काठमाडौं, भदाै । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ ।

मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्ने केन्द्रीय सदस्य बलबहादुर केसीले  सञ्चारकमीर्लाइ बताए । उनका अनुसार संस्थापन इतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

पौडेल समूहमा सभापतिका लागि चार नेता आकांक्षी छन् । पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा दावी गरेका छन् ।

नेताहरुबीच सहमतिमा उम्मेदवार चयन गर्न निरन्तर छलफल भइरहेपनि सहमति भने जुट्न सकेको छैन ।

महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनुअघि साझा उम्मेदवार तय गर्ने, नभए कम्तीमा एउटा मात्रै उम्मेदवार बन्छौं भनेर सामूहिक प्रतिवद्धता जनाउने तयारी पौडेल समूहको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार