२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सत्तारुढ गठबन्धन बैठक सकियाे : " मन्त्रालय भागबन्डाबारे छलपफल, कुरा मिलेन "

मंगलवार , भाद्र १५, २०७८

काठमाडौं, भदाै ।  मन्त्रालयको भागवन्डा मिलाउन र सरकार संचालनका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

मंगलबार विहान बसेको बैठकमा मन्त्रालयको भागबन्डाको बिषयमा भने कुरा मिल्न नसकेको वालुवाटार स्रोतले जनाएको छ । विशेषगरी कुन मन्त्रालय कसले लिने भन्ने विषयमा समझदारी बन्न सकेन् ।

एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा कुरा नमिलेको वालुवाटार स्रोतले जनाएको छ ।

मंगलबार बिहान ९ बजे बसेको बैठकमा अब गठबन्धन दलका सभापति तथा अध्यक्ष मात्र बसेर भागबन्डा मिलाउने सहमति भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

देउवाले विश्वासको मत पाएपनि डेढ महिना समय बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार