२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

२४ घण्टामा :थप २ हजार २९५ जनामा सङ्क्रमण,१६को मृत्यु

सोमवार , भाद्र १४, २०७८

काठमाडौँ, भदौ पछिल्लो २४ घण्टामा २ हजार २९५ जनामा कोरोना सङ्क्रमण भएको छ । सोह्र हजार २३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण भएको हो । २४ घण्टामा एक हजार ८०८ जना सङ्क्रमण मुक्त भएका छन् ।

आज कोरोना सङ्क्रमणबाट १६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ८७४ छ ।

होम आइसोलेशनमा ३३ हजार ३३३, आइसीयूमा ५६८ र भेन्टिलेटरमा १६० जना रहेका छन् । नेपालमा हालसम्म सात लाख ६१ हजार १२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये सात लाख १४ हजार ५२० जना निको भइसकेका छन् । पछिल्ला तीन दिनमा पाँच लाख ९७ हजार ५९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार