२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एकीकृत समाजवादी  

मन्त्री चयनको जिम्मेवारी नेता नेपाललाई : "चयनका लागि थाले छलफल "

सोमवार , भाद्र १४, २०७८

काठमाडौँ,  भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने व्यक्तिहरूको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । संसदीय दल गठनका लागि आइतबार  बसेको बैठकले सो जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको हो । 
बैठकले प्रतिनिधिसभा, संसदीय दलका नेतामा अध्यक्ष नेपाल र राष्ट्रियसभा संसदीय दलका नेतामा बेदुराम भुसाललाई चयन गरेको छ । बैठकले पाँच सदस्यीय संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी निर्माण गरेको छ ।
चाँडै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसका लागि आवश्यक समयमा निर्णय गरिने सांसद विरोध खतिवडाले बताएका छन । उहाँका अनुसार सरकारमा पार्टीले पाउने मन्त्रालयको सङ्ख्या र कुन कुन मन्त्रालय भन्ने टुङ्गो सरकारमा सहभागी दलहरूको गठबन्धनले गर्नेछ ।
उनले भने, “पहिले मन्त्रालय टुङ्गो लागेपछि नै पार्टीले व्यक्ति टुङ्गो लगाउनेछ ।” केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने सांसद खतिवडाले  जानकारी दिएका छन  । 
पार्टीले सरकारमा सहभागी हुने व्यक्ति छान्दा काम, योग्यता, वरिष्ठता, क्षेत्रीय र लैङ्गिक समावेशितालाई ध्यान दिइने उहाँको भनाइ छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार